नेभिगेशन
समसामयीक

असल कर्म गरौं, कुरा नकाटौं

  • प्रचण्ड खत्री

अचेल चिया पसल, मदिरा पसल, बिबाह भएको घर, थोरै मानिस भेला भएको ठाँउमा नेताहरुको कुरा काट्ने प्रवृत्ति बढेको छ । गलत कुरा फैलाउने, राम्रो कुरामा जस दिन नखोज्ने प्रवृत्तिले नेतालाई मात्र हैन उनीहरुका स्थानीय कार्यकर्तालाई असर पुग्ने गर्दछ । एक दलले अर्को दलका कुरा काट्ने गरेको हामीले पाएका छौ । यो कुरा आफ्नै कार्यकर्ताबाट नेतासम्म पुग्छ र अविश्वास तथा झगडाको सुरुवात हुन्छ ।   

सामाजिक सञ्जालमा एकले अर्काको चरित्रहत्या समेतको अवस्था आउँछ । अझ यहि विषय ठुलो बनेर प्रहरी कार्यालयसम्म पुग्छ । जसअपजस, पक्ष विपक्षका अनेका चर्काचर्की र बहस त्यहि हुन्छन्, जहाँ सहमति भन्दा अन्य कानूनी प्रक्रिया दुबैका लागि हितकारक हुँदैन । सहमतिको आधारमा दुवै जना मिलापत्र गर्छन् । मिलापत्र नभएमा नेतालाई सामाजिक सञ्जालमा खुईल्याउने, कुरा काट्ने व्यक्तिहरु प्रहरीको हिरासत हुदै कारागारमा पुग्छ सक्छन् । 

मान्छेहरु आस्थावान नभएको कुनै पार्टी छैन, पार्टी भित्र पनि आफ्नै धार र लाईनका नेताहरु हुन्छन । कतिपय कार्यकर्ताहरु उनीहरुको चम्चागिरी गरेर आफ्नो स्तर बढाउनको निम्ति लागिपरेका हुन्छन् । आज एक बिन्दुमा उभिएका नेताहरु भोली स्वार्थ बाझिएमा अलग बिन्दुमा पुगेको हामीले देखेका छौ ।

राजनीतिमा उही व्यक्ति तथा दल कहिले शत्रु र कहिले  मित्र बनेको हामीले देखेकै छौ । क्षणिक आस्था र निकटताको कारण विपक्षी वा प्रतिश्पर्धीलाई खुईल्याउने, चरित्र हत्या गर्ने, गाली गलौज गर्ने कार्य गर्नु खराब कार्य हो ।

त्यसैले कोहि कसैले नेता वा विपक्षीलाई गाली गर्न तम्सिने अवस्था छैन । कानूनी व्यवस्था र हुनसक्ने दण्ड तथा जरिवानाको सिकार भएमा 'ठिक्क भयो, खाईस' भन्ने अवस्था नआओस् कसैलाई । मिलेर सामाजिक हितका लागि कर्म गरौ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समसामयीक

कात्तिक १७ गतेको त्यो कालो रात