नेभिगेशन
समाज

रुकुम पश्चिमको सुकिदहस्थित जंगलमा हड्डिमात्रै रहेको अवस्थामा शव फेला  

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ स्थित सुकिदहजंगलमा एक पुरुषको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार हड्डिमात्रै रहेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । उक्त शव सल्यानको बागचौर नगरपालिका ४ निवासी ३५ वर्षीय टेकबहादुर ओलीको रहेको उहाँ आफन्तजनले बताउनुभएको छ । 

प्रहरी निरीक्षक पुनका अनुसार ओली गत कात्तिक १४ गतेदेखि हराएका थिए । उहाँका आफन्तजनले लगाएको कपडाबाट शवको पहिचान गरेका छन् । घटनास्थ्लमा रहनुभएका प्रहरी निरीक्षक पुनले शवको मासुको भाग जंगली जनावरले खाएको र हड्डि मात्रै रहेको अवस्थामा शव रहेको बताउनुभयो । 

आवश्यक प्रक्तिया पुरा गरेर उक्त शव जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । के, कति कारणले मृत्यु भएको भन्ने विवरण नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरी भनाइ छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज