नेभिगेशन
समाज

रानाले गरे चार विद्यालयका विद्यार्थी र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण 

सल्यान बनगाड कुपिण्डे नगरपालिका -२ बेतेनि घर भई हाल अमेरिका बस्दै आउनु भएका जनकराज रानाले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न २ मा रहेका ४ वटा विद्यालयका १५३ जना विद्यार्थी र ११ जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । 

श्री आधारभूत विद्यालय लाहाघाटका ८९ जना, श्री जनकल्याण प्रावी राइराका २८ जना, श्री बासुका प्रावी बेतेनीका २९ जना, श्री भगवती प्रावी बाहुनगाउँका ७ जना विद्यार्थी र राइरा ४ जना र लाहाघाटका ७ जना सहित सबै जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

समुदायप्रति निरन्तर सेवा भावना राख्दै आउनुभएका रानाले जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो बनाउन, सहज रूपमा विद्यालय आउन–जान तथा अध्ययन–अध्यापनमा सहभागिता बढोस् भन्ने उद्देश्यले न्यानो कपडा सहयोग गरेको बताउनुभएको छ ।

सबै कुरामा सरकारको मुख ताक्नु भन्दा आफुले पनि केही गरेर समाज सुधार गर्न सकिन्छ भन्ने आफ्नो सोच रहेको उहाँको भनाइ छ । उहाँले अरुलाई पनि सक्दो सहयोग गर्न र समाज रुपान्तरणमा लाग्न अनुरोध गर्नुभ्एको छ । 

राना १८ बर्ष सम्म नेपाली सेनाको सुवेदार हुँदै पेन्सन रिटायट भएपछि अहिले बिगत ५ वर्ष देखि अमेरिकामा हुनुहुन्छ । अझै थप केही विद्यालयमा सहयोग गर्ने समेत उहाँले बताउनुभएको छ । 

c804118c-00d8-42a6-815b-724c11ef3f70-1765361411.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज