नेभिगेशन
समाज

अत्याधिक रक्तश्राव भएकी सुत्केरीको रुकुमबाट हवाई उद्धार

रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकोप्टमार्फत उद्धार गरिएको छ । 

रुकुम पूर्वको पुथा उतरगंगा  गाउँपालिका १ मैकोट निवासी ३८ बर्षीया असिधरा पुनलाई शनिबार नेपाली सेनाको हेलिकोप्टमार्फत उद्धार गरिएको हो । 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार जिल्ला अस्पताल सल्लेमा सुत्केरी भए पश्चात अत्याधिक रक्तश्राव भएपछि थप उपचारको लागि पुनलाई हेलिकोप्टरमामर्फत सुर्खेत लगिएको हो । शरिरमा रगतको मात्रा कमी भई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेका थिए । 

थप उपचारको लागि राष्ट्रपति महिला शसक्तिकरण कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको प्रजिअ थानीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज