नेभिगेशन
खेल

शीतल चौरजहारी बी ६७ र फुटबल प्रतियोगिता एक साथ उद्घाटन

रुकुम पश्चिमको चौरजहारीमा शीतल चौरजहारी बी ६७ र उक्त संस्थाको आयोजनामा फुटबल प्रतियोगिता उद्घाटन गरिएको छ । 

बुधबार एक कार्यक्रमका बिच चौरजहारी नगरपालिका १ का वडा अध्यक्ष ईन्द्रे गिरीले संस्था र प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । 

चौरजहारीस्थित शीतल माध्यमिक विद्यालयबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले उक्त संस्था दर्ता गरेको हो । सामाजिक रुपान्तरणका लागि युवा भन्ने मुख्य नाराका साथ विभिन्न सामाजिक र परोपकारी कार्य गर्ने उद्धेश्यले उक्त संस्था स्थापना गरेको शीतल चौरजहारी बी ६७ का उपाध्यक्ष सन्देश शर्माले जानकारी दिनुभयो । 

यो समुहले यस अघि बिरामी, असाहय, टुहुरा लगायत समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ भने मानविय सेवाको रुपमा रक्तदान लगायतका कार्य गरेको छ । 

संस्था औपचारिक रुपमा दर्ता गरेर दसैं, तिहार तथा छठ पर्वको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष तेज बिष्टले जानकारी दिनुभयो । आज उद्घाटन गरिएको फुटबल प्रतियोगितामा विभिन्न १६ टिमले भाग लिएका छन । 

प्रतियोगिताको विजेता समुहलाई एक लाख एक हजार १६७ रुपियाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र व्यवस्था गरिएको छ । आयोजक संस्थाका तिलक लामिछानेका अनुसार उपविजेतालाई ५१ हजार १६७ नगद रुपियाँको साथ ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

d2d2f3ca-a21b-4566-8179-ea215e23d88d-1760535548.jpegप्रतियोगितामा प्लेयर अफ द सिरिज, सेमिफाईनल देखिको म्यान अफ द म्याच, वेष्ट किप्पर अफ द टोरनामेन्ट, हाई स्कोरर अफ द टोरनामेन्ट, प्राप्त गर्ने खेलाडीहरु लाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

शीतल चौरजहारी बी ६७ का अध्यक्ष बिष्टको अध्यक्षतामा आज भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष ईन्द्रे गिरी, चौरजहारी क्याम्पसका प्रमुख रमेश लामिछाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र रावत लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष सन्देश शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निर्जल केसीले गर्नुभएको थियो । 

92a8e72e-8602-4099-bf0a-2f48e1de137a-1760535543.jpeg

53b0a56c-1110-45e1-af6c-76b5186ea942-1760535544.jpeg

09c25c4f-1a56-4322-a98c-962c0bf13242-1760535550.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्