नेभिगेशन
समाज

रुकुमको सिस्ने सनराइज बोर्डिङका प्रिन्सिपल सुरेश पुन काठमाडौंमा मृत फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा स्थित सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मृत अवस्थामा फेला पर्नुभएको छ । आज मंगलबार बिहान उहाँ काठमाडौँको सुन्धारास्थित रोयल थकाली होटलमा मृत फेला पर्नुभएको हो । 

उहाँका आफन्तजनका अनुसार उच्च रक्तचापबाट पीडित उहाँ उहाँ सुतेकै अवस्थामा मृत फेला परेको खबर आएको हो । बिहान नउठेपछि हेर्दा मृत फेला परेको भन्दै घरपरिवारलाई जानकारी गराइएको थियो ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १० बाछिगाउँ निवासी पुन रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बागबजारमा बस्दै आउनुभएको थियो । उहाँले लामो समय देखि सिस्ने सनराइज बोर्डिङ स्कुल सञ्चालन गरिरहनुभएको थियो । समाजसेवाका विभिन्न गतिविधिमा समेत जोडिनुभएका पुनका एक श्रीमती, २ छोरा र १ छोरी रहेका छन् ।

उहाँको कसरी निधन भयो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज