नेभिगेशन
समाज

तेक्वान्दो संघ रुकुम पश्चिमका निवर्तमान अध्यक्ष भद्र खड्का सम्मानित

नेपाल तेक्वान्डो संघ रुकुम पश्चिमका निवर्तमान अध्ययक्ष भद्र बहादुर खड्का सम्मानित हुनुभएको छ । 

आईतबार नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यालय ललितपुरमा आयोजित विशेष कार्यक्रमका बिच खड्कालाई सम्मान गरिएको हो । 

रुकुम पश्चिम जिल्ला अध्यक्ष भई चार वर्षे कालकाल सफल रुपमा पुरा गरेको र तेक्वान्दो खेलका लागि दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा तेक्वान्दो संघको जिल्ला अध्यक्ष पदमा रहेर स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास, विस्तार र व्यवस्थापनमा पुऱ्याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको छ । 

एक कर्मठ र जिम्मेवार तेक्वान्दो पदाधिकारीको रुपमा तेक्वान्दो खेललाई निस्वार्थ रुपमा पुऱ्याउनुभएको जिम्मेवारी पूर्ण भूमिका र योगदानको कदर गर्दै नेपाल तेक्वान्दो संघको ५ औं केन्द्रीय अधिवेशन २०८२ का अवसरमा गौरवका साथ यो सम्मान पत्र अर्पण गरिएको संघका महासचिव हेमन्त डाँगीले जानकारी दिनुभयो । 

खड्कालाई संघका केन्द्रीय उपाध्यक्ष भान बहादुर चन्द, महासचिव डाँगी, चिप कोच टार्जन सुब्बाले सम्मान पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गर्नुभएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज