नेभिगेशन
समाज

सानीभेरीको टापुमा एक महिलाको शव फेला

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ गजेटाकुरीस्थित सानीभेरी नदिको टापुमा एक महिलाको शव फेला परेको छ । 

प्रहरीका अनुसार आईतबार दिउँसो नाम, थर र वतन नखुलेको महिलाको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार अन्दाजी २५,२६ वर्षीया महिलाको शव नदिको टापुमा फेला परेको हो । 

वेवारिसे अवस्थामा महिलाको शव फेला परेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना लगत्तै प्रहरी घटनास्थल पुगेको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईने प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज