नेभिगेशन
घटना/दुर्घटना

रुकुम पूर्वमा सामान बोकेको जिप दुर्घटना

रुकुम पूर्वको भुमे गाउँपालिका -३ जितखोला नजिकै शुक्रबार दिउँसो एक पिकअप जिप दुर्घटना भएको छ।

आज दिउँसो करिब ३ बजे खाबाङबगरबाट सामान अनलोड गरी सल्यानतर्फ जाँदै गरेको लु २ च २९४१ नम्बरको पिकअप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनाग्रस्त जिप सल्यान बागचौर नगरपालिका -१ का २८ वर्षीय सरोज बस्नेतले चलाइरहेको प्रहरीले जनाएको छ। सो जिपमा चालकसहित दुई जना सवार रहेका थिए भने मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार जिपको स्टेरिङ अचानक लक हुँदा दुर्घटना भएको बताइएको छ। जिप हाल घटनास्थलमै रहेको र निकाल्ने कार्य भइरहेको प्रहरीको भनाइ छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय काँक्रीबाट प्रहरी निरीक्षक कर्ण बहादुर खड्काको कमाण्डमा चार जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना