नेभिगेशन
खेल

कर्णालीकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता रुकुममा हुँदै

चौतारा मेलामा पुरुष तथा महिला भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना

रुकुम पश्चिमको आठबिसकोटमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । 

आठबिसकोट नगरपालिका -९  राडीमा परम्परागत रुपमा लाग्दै आएको ऐतिहाँसिक चौतारा मेलाको अवसरमा तीन लाख १५ हजार ५५५ रुपियाँ प्रथम पुरस्कार राशीसहितको भलिबल प्रतियाेगिता हुने भएको हो । 

३१ औं चौतारा मेला मूल आयोजक समितिका अध्यक्ष थोमस बिक्रम शाहका अनुसार प्रतियोगितामा दोश्रो स्थान ल्याउने समुहको लागि दुई लाख १५ हजार ५५५ रुपियाँ र सान्त्वना हुने हुई समुहको लागि समान ७५ हजार ५५५ रुपियाँ पुरस्कार राशी व्यवस्था गरिएको छ । 
खुला पुरुष भलिबल प्रतियोगिताको दर्ता शुल्क दश हजार राखिएको छ । 

मेला आयोजक समुहका सचिव सिद्धार्थ केसीका अनुसार उक्त अवसरमा महिला भलिबल प्रतियोगिता र खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पनि राखिएको छ । महिला भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार ५५५ र दोस्रो हुनेले एक लाख २५ हजार ५५५ रुपियाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी सान्त्वना हुने दुई समुहले समान ४० हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगिताको दर्ता शुल्क पाँच हजार रुपियाँ रहेको छ । 

सचिव केसीका अनुसार खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता समुहले ९० हजार ५५५ र उपविजेता समुहले ६५ हजार ५५५ रुपियाँ पुरस्कार पाउने छन् । सान्त्वना हुने समुहले २० हजार ५५५ रुपैयाँ पाउने छन् भने ब्याडमिन्छल प्रतियोगिताको लागि दर्ता शुल्क दुई हजार रुपियाँ राखिएको छ । 

मेलाका खेलकुद संयोजक कर्ण बहादुर बटालाले आगामी कार्तिक १० गतेदेखि खेलकुद तथा मेला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार मेलाको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत राखिने भएको छ । 

यो प्रतियोगिता कर्णाली प्रदेशमै सर्वाधिक पुरस्कार राशीको पुरस्कार भएको प्रतियोगिता भएको आयोजकको दाबी रहेको छ । 

558058045_1495703834916040_230385313351481802_n-1760005772.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्