नेभिगेशन
खेल

सानीभेरीमा दोस्रो फुक्रु टी २० क्रिकेट कप हुँदै

रुकुम पश्चिमको सानीभेरीमा पालिका भित्रको वडास्तरिय दोस्रो फुक्रु टी २० क्रिकेट कपको तयारी तिब्र पारिएको छ । 

सानीभेरी गाउँपालिका -३ बेल्टापु रङ्गशालामा असोज ९ गतेदेखि सानीभेरी गाउँपालिका भित्रको वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा स्थानीय युवाहरुले कपको आयोजना गर्नुभएको हो । 

आयोजक समितिका मनोज ओलीका अनुसार टी २० क्रिकेट कप प्रतियोगितामा विजेता हुने समूहले नगद ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त पाउनेछन् । त्यसैगरी  उपविजेता हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र व्यवस्था गरिएको छ ।

त्यसैगरी म्यान अफ द सिरिजले  नगद तीन हजार, वेस्ट व्याटस म्यान र वेस्ट बलरले समान एक हजार पाँच सय र उदयमान खेलाडीले एक हजारको साथमा प्रमाण पत्र प्राप्त गर्नेले मनोज ओलीले जानकारी दिनुभयो । खेलमा प्रत्येक समूहमा २ जना खेलाडी बाहिरको राख्न मिल्ने व्यवस्था रहेको आयोजकले जनाएको छ । 

प्रतियोगितामा भाग लिनको लागि टिम दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ । 

7c927aae-59ab-4df5-bc71-69b3d617d196-1758640888.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्