नेभिगेशन
समाज

रूकुम पूर्वमा प्रहरीकै मुलगेट अगाडिबाट ब्राउन सुगरसहित दुई जना पक्राऊ

रुकुम पूर्वमा लागु औषध (ब्राउन सुगर) सहित दुई जना व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको मूल गेट अगाडिबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पूर्वको भूमे गाउँपालिका ७ गुनाम बस्ने २९ वर्षका सन्दीप विश्वकर्मा र बाँकेको राप्ती सोनारी गाउँपालिका २ अगैया घर भई हाल सिस्ने गाउँपालिका ६ छिप्रीदह स्थित एक ग्यारेजमा काम गर्ने २४ वर्षीय उमेश नेपाली रहेको प्रहरीले जनाएको छ । 

बिहीबार बेलुका रुकुमकोटस्थित जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको मुलगेट अगाडी चेकिङ्गमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

भुमे गाउँपालिका ४ काँडाबगरबाट रुकुमकोट आउदै गरेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्लाष्टिकको पुरियामा राखिएको लागू औषध (ब्राउन सुगर) फेला पारिएको हो । 

प्रहरीले प्लाष्टिकको पुरियासहित ५० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध २० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई शुक्रबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्