नेभिगेशन
समाज

रेडक्रस रुकुम पूर्वको सभापतिमा गौतम निर्वाचित

नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व शाखाको सभापतिमा दामोदर गौतम निर्वाचित हुनुभएको छ । 

बुधबार रुकुमकोटमा भएको तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला सभाबाट गौतम सभापतिमा निर्वाचित हुनुभएको हो । 

शाखाको उपसभापतिमा लोकेन्द्र बहादुर बुढाथोकी (खुलातर्फ) र ओमकुमारी शाही (महिलातर्फ) र मन्त्रीमा बसन्त पुन चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा बामदेव गौतम, उपमन्त्रीमा कमानसिंह खत्री र उप कोषाध्यक्षमा सत्यबहादुर श्रेष्ठ चयन हुनुभएको छ । 

जिल्ला शाखाको सदस्यहरुमा शिल्पा पौडैल, ज्ञानी ओली, नमिता पुन, बासदेव गौतम, मानबहादुर बस्नेत, ऋषिराम शर्मा, मोहनबहादुर केसी, भिमबहादुर खड्का, चित्रबहादुर बिष्ट र टेकप्रसाद समाल चयन हुनुभएको छ । 

532302156_1239483654646232_6256571761653120224_n-1755151584.jpg
 

532123058_24168613372789022_6785932580965674514_n-1755151367.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज