नेभिगेशन
समाज

सुर्खेतमा हत्यारा श्रीमानले प्रहरीलाई भने - 'श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्'

सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन् । आइतबार बिहान १:३० बजेतिर घटीत घटनापछि ठाडाले आफैं प्रहरीलाई फोन गर्दै सर श्रीमती मारिसके पक्राउ गर्न आउनुहोस् भन्दै घरको ठेगाना दिएका थिए ।

फोन गर्नु अघि ठाडाले वडाध्यक्षलाई समेत सम्पर्क गरी प्रहरीको नम्बर मागेका थिए । जानकारी पाउनासाथ नगर प्रहरी र करेखोला प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले विहान करिब २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चिर्पट प्रहारबाट हत्या भएको देखिएको छ । घटनाको स्पष्ट कारण नखुले पनि मानसिक तनाव र पारिवारिक विवादले यो घटनामा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।

प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको र घटनाका अन्य पक्षबारे पछि विस्तृत विवरण आउने जनाएको छ । समाजमा बढ्दै गएको मानसिक समस्या र पारिवारिक कलहले यस्ता घटना दोहोरिनु नपरोस् भनी सचेतना र मानसिक स्वास्थ्यसम्बन्धी पहल आवश्यक देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज