नेभिगेशन
समाज

हरित रुकुमकोट अभियानका लागि उपेन्द्रलालद्वारा १ लाख रुपियाँ सहयोग

"हरियाली तथा स्वच्छ शहर, सदरमुकाम रुकुमकोटवासीको रहर" भन्ने मुल नाराका साथ रुकुम पूर्वको रुकुमकोटमा सञ्चालन भएको हरियाली तथा स्वच्छ रुकुमकोट अभियानका लागि एक लाख ४६ रुपियाँ सहयोग प्रदान गरिएको छ । 

सिस्ने गाउँपालिका –६ निवासी कृषक, समाजसेवी तथा राजनैतिक व्यक्तित्व उपेन्द्रलाल कामीले रुकुमकोट लायन्स क्लबलाई उक्त रकम अक्षयकोष स्थापना गरेर अभियान थप सशक्त बनाउन प्रदान गर्नुभएको हो । उहाँको जन्मदिनको सुअवसरमा उक्त सहयोग प्रदान गर्नुभएको हो ।

यसका साथै उपेन्द्रलालले वडा नम्वर ६ स्थित दलित बस्तीमा कागतीका बिरुवाहरु बितरण गर्नुभएको छ । उहाँको यस सामाजिक कार्यको चौतर्फी प्रशंसा गरिएको छ । सहयोगी उपेन्द्रलालले यो अभियानमा स्थानीय सरकार, सामाजिक संस्था, नीजि क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको बताउनुभको छ । 

हरियाली तथा स्वच्छ रुकुमकोट अभियानका लागि चेक हस्तान्तरण अवसरमा उहाँले हरियाली र स्वच्छता कुनै एक संस्थाको जिम्मेवारी मात्र नभएर सम्पूर्ण समुदायको साझा अभियान भएकोले आफ्नो व्यक्तिगत सहयोगबाट अभियानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

रुकुमकोट लायन्स क्लबका अध्यक्ष हरि बहादुर ओली र उपाध्यक्ष मदन बि.सी. लाई उहाँले सो रकमको चेक प्रदान गर्नुभएको हो । रुकुमकोट लायन्स क्लबले हालै सुरु गरेको स्वच्छता र हरियाली प्रवर्द्धन अभियानअन्तर्गत वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबका अध्यक्ष ओलीले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता उदाहरणीय सहयोगहरूले अभियानलाई थप प्रेरित गर्ने उल्लेख गर्नुभयो । 

यस अभियानले रुकुमकोटलाई हरियालीयुक्त, सफा र व्यवस्थित शहरको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज