नेभिगेशन
समाज

एक करोड ७५ लाखमा बन्यो आठबिसकोट ७ को वडा कार्यालय 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ नम्वर वडा कार्यालयले आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । शुक्रबार नगर प्रमुख रबि केसीले वडाको नवनिर्मित प्रशासकीय भवनको  उद्घाटन गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा नगर प्रमुख रवि केसीले भवन उद्घाटन भएसँगै अव वडाको कामकाज गर्न सहज हुने बताउनुभयो । अब वडा कार्यालयबाटै जनतालाई सहज सेवा प्रवाह हुने उहाँको भनाइ छ । 

वडा अध्यक्ष अमृत बुढाका अनुसार विके विल्र्डस निर्माण प्रालीले निर्माणको जिम्मा लिएको कार्यालय भवन र घेराबार लगायतका संरचना निर्माणका लागि एक करोड ७५ लाख रकम खर्च भएको छ । एक करोड २५ लाख लागतमा वडा कार्यालयको भवन र ५० लाखमा घेराबार तथा अन्य संरचना निर्माण भएको हो ।

निर्माण कम्पनीले समयमै वडा कार्यालयको भनव निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त प्रशासकीय भवन तीन तलामा १५ कोठाको छ । 

उक्त भवनबाट सेवा प्रवाह भएसँगै वडाको कामकाज गर्न सहज हुने वडा कार्यालयले जनाएको छ । विसं २०८० माघ २ गते वडा कार्यालयको भवनको निर्माण सम्झौता भएकामा यही असार १५ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्