नेभिगेशन
समाज

बिचल्लीमा परेका बालबालिकालाई माओवादी केन्द्र चौरजहारीद्वारा ५० हजार सहयोग

रुकुम पश्चिमको चौरजहारीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि बिचल्ली अवस्थामा रहेका तीन बालबच्चाहरुको लागि नेकपा (माओवादी केन्द्र) चौरजहारीले सहयोग प्रदान गरेको छ । 

आज नगर कमिटी अध्यक्ष मोति प्रसाद पोखरेल सहितको टोलीले पीडितलाई नगद ५० हजार सहयोग गरेको हो । टुहुरा अवस्थाका तीन जना बालबालिकाको संरक्षण र राहतका लागि उक्त रकम उपलब्ध गराईएको नगर कमिटीका अध्यक्ष पोखरेलले जानकारीदिनुभयो । 

उहाँ अनुसार पीडित बालिका रेजिना बुढाको नाममा रहेको खातामा उक्त रकम जम्मा गरेपछि घरमै गएर समेवदना समेत प्रकट गरिएको छ । 

517601409_122138619074797205_2705551817285493890_n-1751801061.jpgगत मंगलबार (जेठ १७ गते) राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । आमाको हत्या र बुवा प्रहरी नियन्त्रणमा रहेपछि उनका तीन बालबालिका सहाराबिहिन बनेका छन् । मृतकका १३ र ११ वर्षीया दुई छोरी र ६ वर्षका एक छोरा रहेका छन् । 

सहयोगको लागि :

खातावालाको नाम : रेजिना बुढा (REJINA BUDHA)

खाता नं. : 29601007935555000001

बैङ्कको नाम : नेपाल बैङ्क लिमिटेड चौरजहारी शाखा

For-Help-1751800127.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज