नेभिगेशन
समाज

चौरजहारी घटना : नगरपालिकाका कर्मचारीद्वारा पीडितकै खातामा ४३ हजार रुपियाँ जम्मा

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ टाटागाउँमा गत मंगलबार राती श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि बिचल्ली अवस्थामा रहेको तीन बालबच्चाहरुको लागि विभिन्न निकायले सहयोग गर्न थालेका छन् । 

चौरजहारी नगरपालिकाले पीडित बालिकाको नाममा खाता सञ्चालनको लागि समन्वय गरेपछि रकम समेत जम्मा गरेको जनाएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरुबाट रकम संकलन गरेर ४३ हजार ७४६ रुपियाँ संकलन गरेर खातामा जम्मा गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुयभयो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बिचल्लीमा परेका बालबालिकाको लागि अब पीडितकै खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाउनुभयो । आमाको हत्या र बुवाको हिरासत चलान भएपछि विचल्लीमा परेका चौरजहारी नगरपालिका ३, रुकुम पश्चिमका बालबालिकाहरूलाई अब पीडित जेठी छोरी रेजिना बुढाको खातामा आर्थिक सहायता गर्न सकिने उहाँको भनाइ छ ।

विचल्लीमा परेका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पूरा गर्न मानवीय सेवाका साथ सहयोग गर्न अनुरोध गरिएको छ । नगरपालिकाले शनिबार किरिया खर्च, खाद्यन्न सामाग्री र टेन्ट समेत उपलब्ध गराएको थियो । 

सहयोगको लागि :

खातावालाको नाम : रेजिना बुढा (REJINA BUDHA)

खाता नं. : 29601007935555000001

बैङ्कको नाम : नेपाल बैङ्क लिमिटेड चौरजहारी शाखा

For-Help-1751800127.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज