नेभिगेशन
समाज

निर्दयी भाउजु - जसले देवरलाई बन्चरोले हानिन्, मरेपछि जलाएर झाडिमा फालिन्

देवर हत्या गर्ने लक्ष्मी र राधा पक्राउ

  • ईन्द्र बुढाथोकी

सल्यान / सल्यानमा एक युवाको हत्या भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३० बर्षिय शेरबहादुर चन्दलाई निजको सहोदर भाउजुले एक अर्कि महिलासँगको मिलोपमतोमा हत्या गरेकी हुन् ।

देवरको हत्या गरेको आरोप प्रहरीले मृतककी सहोदर भाउजु २६ वर्षीया लक्ष्मी चन्द र छिमेकी भाउजु नाता पर्ने २५ वर्षीया राधा पौडेललाइ पक्राउ गरेको छ ।
आज बिहान शेर बहादुरको शव आधा जलेको अवस्थामा बाँसको झाडिमा भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मृतककी भाउजु  लक्ष्मी चन्दले शुक्रवार बिहान सदरमुकाममा खलंगामा रहेको बैंकमा गएको बेला स्थानीय अटो चालक शेर बहादुर बुढाथोकीसंग देवरले आफुलाइ बलात्कार गर्न खोज्दा घटना भएको भनेर आफु बच्ने उपाय सोधेपछि घटना बाहिर आएको हो ।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको र शव आधा जलेको अवस्थामा भेटिएको जनाइएको छ । प्रहरीका अनुसार सुरुमा बन्चरोले हानेर हत्या गरेको र पछि जलाउने कोसिश गरेको देखिन्छ । शव पुरै जलाउँदा थाह हुने भएपछि बासको झाडिमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर