नेभिगेशन
समाज

बर्षा सुरु भएसँगै बिग्रन थाले ग्रामीण सडक, मर्मत गर्दै मुसिकोट 

बर्षा सुरु भएसँगै विभिन्न क्षेत्रका ग्रामीण सडकहरु बिग्रन थालेका छन् ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ गिल्बाङ, वडा नम्वर ४ को सालघारी लगायतका बर्षाले सडक बिगारेको छ । 

नगर प्रहरी ईन्चार्ज (असई) उमेश केसीका अनुसार अविरल बर्षाका कारणले मुसिकोट नगरपालिका -१ गिल्बाङस्थित सडकमा बाढीले माटो ढुङगा बगाएर थुपार्दा बिग्रिएको छ । 

उक्त समस्याको कारण त्यस आसपासका घरहरु नै उच्च जोखिममा रहेको हुँदा शनिबार बिहान देखि नै वडा नम्वर १ का वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दको सक्रियतामा घरहरु तर्फ जाने भल रोकथाम गरिएको छ भने सडक समेत सफाई गरिएको छ । 

त्यसैगरी शनिबार बेलुका मुसिकोट नगरपालिका वडा नम्वर ४ स्थित सालघारीमा आएको पहिरोको कारण केहि बेर सडक अवरुद्ध भएको नगर प्रहरी ईन्चार्ज केसीले जानकारी दिनुभयो । उक्त पहिरो पनि नगरपालिकाको जेसिबीले हटाएको छ । अहिले उक्त सडक सुचारु रहेको छ । 

यस अघि पनि नगरपालिकाले अविरल बर्षाका कारण बिग्रिएका नाला खोल्ने, खाल्डाखुल्डी पुर्ने कार्य गरेको थियो ।

नियमित पानी परिरहकोले बाढी पहिरो समेतको जोखिम बढेको छ । जिल्लामा अन्य स्थानहरुका ग्रामीण सडकहरु बाढी तथा पहिरोको कारण क्षतिग्रष्त भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज