नेभिगेशन
समाज

रुकुम पश्चिममा ६७ जना कसुरदार पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न मुद्धामा फरार ६७ जना कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको साउन महिनायता उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि प्रसाद पुनका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा अदालतको फैसला आदेश अनुसार असार पहिलो साता सम्म ६७ जनालाई पक्राउ गरिएको हो । 

विभिन्न कसुर अपराधमा कैद सजाय तथा जरिवाना तोकिएका फरार कसुरदारलाई कार्यालयबाट प्रहरी परिचालन गरेर पक्राउ गरिएको प्रहरी निरीक्षक पुनले जनाउनुभयो । 

उहाँका अनुसार उनीहरुबाट १४ लाख सात हजार ९८३ रुपियाँ ७५ पैसा र ३९ वर्ष दश महिना ११ दिन कैद असुल गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालयले अदालतको फैसलालाई कडाईका साथ कार्यान्वयनका क्रममा यो सफलता प्राप्त गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज