नेभिगेशन
समाज

लागु औषध र बाल विवाह नियन्त्रणका लागि विद्यालयमा सचेतना 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयमा लागु औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको सयुक्त आयोजना र त्रिवेणी गाउँपालिकाको सहकार्यमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा उक्त कार्यक्रम गरिएको हो । 

513211723_1035746698765239_3747595382753105742_n-1750951459.jpgकार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई लागू औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण र वालबिबाह नियन्त्रण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिईएको थियो । सचेतनामुलक प्रशिक्षणका साथै सम्बन्धी ऐन तथा कानूनहरुको बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराईएको छ । 

कार्यक्रमको सहजिकरण प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी.सी., जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरे र प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अकिकारी जी.सी.को अध्यक्षता र त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार के.सी. प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अखधिकृत यज्ञ भण्डारी, विद्यालयका शिक्षकहरु समेतको आतिथ्यता रहेको थियो । 

512431126_1035746515431924_7289279668832856778_n-1750951455.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्