नेभिगेशन
समाज

पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष ओली सम्मानित

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओली सम्मानित हुनुभएको छ । 

आठविसकोट नगरपालिकाले १८ औँ नगर सभाको अवसर पत्रकार ओली सहित १५ जनालाई सम्मान गरेको हो । रेडियो सानीभेरीमा कार्यरत पत्रकार ओलीलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

नगरपालिकाका गतिविधि, सार्वजनिक सेवा प्रवाह तथा पत्रकारिताको माध्यमबाट प्रचार प्रसार तथा प्रशारण गरी महत्वपूर्ण योगदान गरेकाले ओलीलाई सम्मान गरिएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिनुभयो ।

ओलीसहित आर्थिक वर्ष २०८/०८२ को कार्यसम्पादन मुल्याङ्कनका आधारमा विभिन्न पेशामा आवद्ध १५ जना व्यक्तिलाई सम्मान पत्र, दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको छ । 

नगरपालिकाले उत्कृष्ट कृषक, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, खेलाडी पत्रकार र कार्यालय सहयोगीलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

511319086_9849807855145234_5307028669792090136_n-1750864851.jpgसम्मानीत हुनेहरुको विवरण :

513269884_1903291543802882_1543139328191112261_n-1750855584-1750864870.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्