नेभिगेशन
समाज

सल्यानमा होटल, रेष्टुरेन्ट तथा होमस्टेको आतिथ्यता सम्बन्धी तालीम

सल्यानको सल्लीबजारमा होटल, रेष्टुरेन्ट तथा होमस्टेको आतिथ्यता सम्बन्धी २ दिने तालिम सुरु भएको छ । 

सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिका भित्र होटल रेष्टुरेन्ट गरेका ५० जना तालिममा सहभागी रहेका छन् । 

कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत आयोजनामा बिहीबार देखि सुरु भइ शुक्रबार सम्पन्न हुने छ । 

वार्षिक कार्यक्रम अनुसार पर्यापर्यटन प्रवर्द्धन गर्ने, पर्यटन आउने सम्भावना भएको क्षेत्रहरूमा यस्तो तालीमको आयोजना गरिएको वन अनुसन्धान तथा प्रशिक्षणका निर्देशक रेणुका न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार नेपालका एक सय पर्यटकीय क्षेत्र अन्तर्गत कुपिण्डे दह लगाएत भेरी नदि समेत भएकोले पर्यटनको क्षेत्रको राम्रो सम्भावना रहेकोले यस क्षेत्रका होटल रेष्टुरेन्ट व्यवसायी तालीम दिईएको छ । 

प्रदेश भित्रका होटल सम्बन्धिका ऐन कानुन, खाद्यन्न व्यवस्थापन, होटल रेष्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धि केशव बहादुर कठायतले सहजीकरण गर्नुभएको छ ।  

वनगाड कुपिण्डे सव डिभिजन वन कार्यालय सल्लीबजारका प्रमुख कमल चित्रकार, सामुदायिक वन उपभोक्ता महा संघ कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, लेखा अधिकृत चन्द्रमती बस्नेत, सिम्ता सव डिभिजन गोविन्दलाल गिरी लगाएतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र अधिकृत गंगा त्रिपाटीले गर्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्