नेभिगेशन
समाज

तीन दिनपछि भेरी नदि किनारमा मृत भेटिए बेपत्ता बालक   

रुकुम पश्चिममा एक बालकको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका ११ फारुला निवासी नरेश बिकको छोरा १० वर्षीय यज्ञ बिकको शव सोमबार दिउँसो फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका १४ छोटेतरास्थित भेरीनदि किनारमा यज्ञको शव फेला परेको हो । 

गत शुक्रबार भारत जाने क्रममा घरबाट हिडेका नरेश, उहाँको श्रीमती र छोरा यज्ञ वडा नम्वर १४ स्थित दिदिभिनाजुको घरमा बसेको बेला बालक हराएका थिए । 

बुवा र आमाको साथमा घरबाट हिडेका यज्ञ हराएपछि खोज्ने क्रममा भेरी नदि किनारमा चप्पल फेला परेको भन्दै वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनले प्रहरीलाई खबर गर्नुभएको थियो । 

खोज तलास गर्ने क्रममा तीन दिनपछि आज बालकको शव फेला परेको हो । स्थानीयले नदि किनारमा बालकको शव फेला परेको खबर गरेपश्चात इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको कमाण्डमा एक प्रहरी टोली घटनास्थल  गएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्