नेभिगेशन
समाज
पुनर्निर्माण

रुकुममा भूकम्पले क्षति गरेका २७ विद्यालय र ५ स्वास्थ्य संस्था निर्माणका लागि छनौट

३२ भवन बनाउन २२ करोड स्वीकृत

गत वर्षको भूकम्पले क्षति गरेका रुकुम पश्चिमका २७ वटा सामुदायिक विद्यालय र पाँच वटा सरकारी स्वास्थ्य संस्था पुनर्निर्माणका लागि छनौट भएका छन् । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विद्यालय र स्वास्थ्य संस्था छनौट गरेर बजेट समेत व्यवस्थापन गरेको छ । 

मन्त्रालयका ईन्जिनियर सुशील आचार्यका अनुसार यी ३२ योजना निर्माणका लागि २२ करोड रुपियाँ बिनियोजन गरिएको छ । मौजुद सार्वजनिक खरिद ऐन, नियमावली अनुसार निर्माण कार्य अघि बढाउन पूर्वाधार विकास कार्यालयलाई निर्देशन गरिएको ईन्जिनियर आचार्यले जानकारी दिनुभयो । 

पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीले योजना र बजेटको विवरण आईसकेको बताउनुभयो । अब ठेक्का प्रक्रिया सुरु हुने र चालु वर्षमै काम सम्पन्न हुने उहाँले जनाउनुभयो ।

उहाँका अनुसार चौरजहारी नगरपालिका –६ मूलपानीको जनज्योती आधारभूत विद्यालय र सोहि वडाको खागलस्थित जनकल्याण आवि, वडा नम्वर १३ को जनकल्याण आवि रातामाटाको भवन निर्माणका लागि प्रति विद्यालय ७५ लाख र वडा नम्वर ५ को माध्यमिक विद्यालय खहरेको भवन निर्माण ७० लाख रुपियाँ विनियोजन भएको छ । 

त्यसैगरी आठबिसकोट नगरपालिका –१४ को सरस्वती आवि, वडा नम्वर १३ को बालसेवा आवि, वडा नम्वर १२ को त्रिवेणी आवि, वडा नम्वर १२ कै नेपाल राष्ट्रिय मावि, वडा नम्वर ११ को आधारभूत विद्यालयको भवन निर्माणका लागि प्रति विद्यालय ७५ लाख र वडा नम्वर १० सरस्वती आविको भवन निर्माणका लागि ५० लाख रकम छुट्याईएको छ । 

सानीभेरी गाउँपालिका –११ मा रहेको जनकल्याण मावि, सोहि वडाको शिव आवि र वडा नम्वर १० को सरस्वती माविको भवन निर्माणका लागि प्रति विद्यालय ७५ लाख र वडा नम्बर ३ को बालकल्याण आबि र वडा नम्वर ८ को जनसहयोग आविको भवन निर्माणका लागि ७०/७० लाख रुपियाँ बिनियोजन गरिएको छ । 

त्यसैगरी बाँफिकोट गाउँपालिका –१० मा रहेको बालहित माबि र वडा नम्वर ५ मा रहेका रत्न आबिको भवन बनाउन ७५/७५ लाख र वडा नम्वर ६ मा रहेको सिद्धार्थ माविको भवन निर्माणका लागि ७० लाख रकम छुट्याईएको छ । त्रिवेणी गाउँपालिकाको वडा नम्वर ८ मा रहेको जनप्रिय मावि र वडा नम्वर ५ को नमूना आविमा प्रति विद्यालय ७५ लाख र वडा नम्वर ९ को हिमालय जनता मावि र वडा नम्वर २ को त्रिवेणी माविको भवन निर्माणका लागि ७०/७० लाख रुपियाँ प्राप्त भएको छ । 

त्यसैगरी मुसीकोट नगरपालिका २ स्थित महाकाली मावि र वडा नम्वर १ मा रहेको बालविकास आविको भवन निर्माण गर्न ७५/७५ लाख र वडा नम्वर १३ को सरस्वती आवि र वडा नम्वर १४ मा रहेको जन आविाको भवन निर्माणका लागि ७०/७० लाख रुपियाँ बिनियोजन भएको छ । 

२७ वटा विद्यालय भवन निर्माण गर्नका लागि १९ करोड ६० लाख र पाँच सरकारी स्वास्थ्य संस्था निर्माणका लागि दुई करोढ ४० लाख रुपियाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

स्वास्थ्य संस्थातर्फ सानीभेरी गाउँपालिका –९ स्थित आधारभूत स्वास्थ्य चौकी, वडा नम्वर ४ स्थित गरायला स्वास्थ्य चौकी र आठबिसकोट नगरपालिका –१३ को आधारभूत स्वास्थ्य केन्द्र छनौट भएका छन् । यहाँ भवन बनाउन प्रति स्वास्थ्य संस्था ५० लाख बजेट व्यस्वस्थापन भएको छ । त्यसैगरी आठबिसकोट नगरपालिका –१४ को सहरी स्वास्थ्य सेवा केन्द्र र चौरजहारी नगरपालिका –५ को विजयश्वरी स्वास्थ्य चौकी भवन निर्माणका लागि ४५/४५ लाख रुपियाँ बिनियोजन गरिएको छ । 

भूकम्पबाट क्षतिग्रष्त भवन पुनर्निर्माण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ बमोजिम जिल्लास्थित सिफारिस समितिबाट सिफारिस भएको आधारमा योजना भएको बताईएको छ । आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको निर्माण ढिलै भएपनि हुन थालेको बताउनुभयो । उहाँले स्थानीय तहले छनौट गरेका योजनाहरुलाई नै प्रदेश सरकारले छनौट गरेर बजेट व्यवस्थापन गरेको जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू