अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान

बिहीबार, मंसिर १३, २०८१

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले  अपाङ्गता भएका १२ जना व्यक्तिहरुलाई सहायता सामाग्री उपलब्ध गराएको छ । 

रेडक्रसले त्रिवेणी गाउँपालिका वडा नम्वर ९ का चार जना र सानीभेरी गाउँपालिका ४ का आठ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको हो ।  

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति रमा गौतमले अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय तहसँग समन्वय गरेर ह्विलचेयर, बैसाखी, कम्बोट, छडि लगायतका सामाग्रीहरु उपलब्ध गराईएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भौगोलिक रुपले विकट क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अत्यन्त कमजोर रहेकोले रेडक्रसले सहयोग गरेको हो । हेर्दा सानो देखिएतापनि उहाँहरुको देनिकीसँग अत्यन्त महत्व राख्ने सामाग्रीहरु व्यवस्थापन गरिएको हो । 

सभापति गौतमसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, कार्यक्रम संयोजक सरोज थापा लगायत अन्य कर्मचारीहरुको टोलीले उक्त सहायता सामाग्री हस्तान्तरण गरेको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्