नेभिगेशन
समाज

रुकुमकोटमा तीज गित प्रतियोगिता सम्पन्न

रुकुम पूर्व। रुकुम पूर्वको रुकुमकोटमा तीज गित प्रतियोगिता सम्पन्न भएको छ । तीजको अवसरमा महिला तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ रुकुमकोट महिला बहुउद्येशयीय सहकारी सँस्था लिमिटेड र स्थानिय सहयोगी सँस्था फेयरमेड एच.डि.सि नेपालको संयुक्त आयोजनामा जनचेतना मुलक तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । 

बुधबार छिप्रीदहस्थित होटल लेक सिटीको प्राङ्गणमा उक्त तिज गित प्रतियोगितामा विभिन्न उमेर समूहका महिलाहरुले एकल तथा समूहमा भाग लिएको एच.डि.सि का परियोजना संयोजक उदय के.सीले जानकारी दिनुभयो ।  

प्रतियोगितामा भाग लिनेहरुमध्ये  पोखरा महिला समुहको टिम प्रथम, मनकला बाँठा मगरको टिम दोस्रो र को टिप तेस्रो भएका छन । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमलाई  क्रमश ५ हजार,  ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र वितरण गरिएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहन केसीले तीजको अवसरमा महिला तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तिज गित प्रतियोगिताको आयोजना गर्नु भनेको यो आफैमा स्वागतयोग्य कार्य भएको बताउदै आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । 

रुकुमकोट महिला बहुउद्येशयीय सहकारी सँस्था लिमिटेडका अध्यक्ष डिलकुमारी मल्लको अध्यक्षतामा सम्पन्न भएको भएको उक्त  कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहन केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा   कार्यक्रममा जिसस का समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्री, सिस्ने गाउँपालिकाका पूर्व अध्यक्ष कुमारी बराल, सिस्ने ६ का वडा अध्यक्ष पुर्ण बहादुर मल्ल, एच.डि.सि का परियोजना संयोजक उदय के.सी, फेयर मेड फाउन्डेसन नेपालका दानबहादुर कार्की लगायत शिक्षक विद्यार्थी विभिन्न राजनिती दलका प्रमुख तथा प्रतिनिधि लगायतको पनि आतिथ्यता रहेको थियो ।  कार्यक्रमको सञ्चालन पत्रकार उर्मिला गौतमले गर्नुभएको थियो ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर