नेभिगेशन
समाज

सम्पत्ति विवरण नबुझाउने रुकुम पश्चिमका नौ शिक्षकलाई जरिवाना 

रुकुम पश्चिम । तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने रुकुम पश्चिमका नौ जना शिक्षकहरु जरिवानामा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/८० को सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुलाई सम्पत्ति विवरण र जरिवाना बुझाउन ताकेता समेत गरेको छ । अख्तियारले सम्पत्ति तोकिएको समयमा सम्पत्ति विवरण नुबझाउनेहरुको विवरण राष्ट्रिय किताबखानामा पठाएर सम्पत्तिको विवरण बुझाउन र जरिवाना तिर्न पत्राचार गरेको छ । 

पत्रमा ३० दिनभित्र भित्र सम्पत्ति विवरण बुझाउन र जनहि पाँच हजार जरिवाना दाखिला गर्न उल्लेख गरिएको छ । अख्तियारले च.नं. ३५९५, साउन १८ गते राष्ट्रिय किताबखानालाई पठाएको पत्र र विवरण अनुसार आर्थिक वर्ष ०७९/८० मा तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई जरिवाना तिर्न भनिएको छ ।  

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका सूचना अधिकारी तथा प्राविधिक सहायक डायमण्ड पुनका अनुसार अख्तियारबाट राष्ट्रिय किताबखानामा विवरण पठाईएपछि किताबखानाले शिक्षा विकास तथा समन्वय इकाईलाई जरिवानाको निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ । 
उहाँका अनुसार रुकुम पश्चिमका नौ जना शिक्षकहरुले आर्थिक वर्ष ०७९/८० मा सम्पत्ति विवरण नबुझाएकोले जरिवानामा परेका छन् । प्राप्त उक्त विवरण अनुसार उहाँहरुलाई जानकारी गराईएको छ । 

उहाँले पाँच हजार जरिवाना दाखिला गरेर सक्कल भौचारका साथ आर्थिक वर्ष ०७९/८० को सम्पत्ति विवरण फाराम भरेर खाम बन्दी गरी किताबखानामा पठाउने प्रयोजनका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पेश गर्न समेत अनुरोध गर्नुभयो ।

प्रावधान अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाई सक्नुपर्ने हुन्छ ।  

सम्पत्ति विवरण नबुझाई जरिवानामा परेका रुकुम पश्चिमका शिक्षकहरुको विवरण:

451128247_7453275654776355_1937991040715554278_n-1723176000.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर