नेभिगेशन
समाज

जनजागृति माविका अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पोशाक प्रदान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७ मा रहेको जनजागृति माध्यमिक विद्यालयका दुई जना अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराईएको छ । 

नेपाल विद्यार्थी संघ जनजागृति मावि मुल इकाई समितिले विद्यालयको कक्षा कक्षा २ मा अध्ययनरत विवेक बिक र कक्षा ६ मा अध्ययनरत विकास परियारलाई विद्यालय पोशाक उपलब्ध गराएको हो । 

बिहिवार विद्यालयमा एक कार्यक्रम आयोजना अति गरिब, विपन्न बिद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको इकाई अध्यक्ष संगम पाण्डेले जानकारी दिनुभयो । 

परिवारको आर्थिकस्थिती कमजोर भएका बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न तथा उनीहरुको पढाईमा कुनै वाधा नपुगोस् भन्दै पोशाक बितरण गरिएको नेवि संघले जनाएको छ । त्यस अवसरमा विद्यालयलाई शैक्षिक क्यालेन्डर समेत प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस  मुसिकोट नगर समिती सदस्य निर्मल पाण्डे, नेपाल विद्यार्थी संघ मुसिकोट नगरसमिती सभापति चन्द्र बहादुर ओली,
रुकुमेली क्याम्पसका स्ववियु सभापति अनिशेष के सी, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका स्ववियु उपसभापति करिष्मा केसी, रुकुमेली क्याम्पसका स्ववियु कोषाध्यक्ष शिव कुमार खड्का लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर