बाँफिकोटको हाईटेक नर्सरीमा ४० हजार बिरुवा तयार

बुधबार, असार २६, २०८१

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको हाईटेक नर्सरीमा विभिन्न प्रजातिका करिव ४० हजार विरुवा तयार भएका छन् । एक लाख विरुवा उत्पादन क्षमता भएको यस नर्सरीमा पहिलो पटकमै ४० हजार विरुवा तयार भएका हुन् । 

युवा सिर्जनशिल कृषि तथा पशुपन्छि फर्मले सञ्चालन गरिरहेको यस नर्सरीमा टिमुर, सुन्तला, कागती, अम्बा लगायतका प्रजातिका विरुवा उत्पादन भएर बिक्रियोग्य भएका हुन् । फर्मकी सञ्चालिका समकृती पुनका अनुसार पहिलो पटक टिमुरका ३२ हजार, कागतीका एक हजार पाँच सय, सुन्तलाका एक हजार, हाईब्रेड अम्बाका चार हजार विरुवा उत्पादन भएका हुन् ।

यी विरुवा अहिले बिक्रि समेत भईरहेका छन् । विभिन्न जिल्लाबाट बिरुवाहरुको माग आईरहेको समेत पुनले बताउनुभयो । फर्मबाट अहिले रुकुम पश्चिमसँगै जाजरकोट, रुकुम पूर्व, बाग्लुङग, म्याग्दी, काठमाडौ,  लगायतका जिल्लामा विरुवा बिक्रि हुने गरेका छन् ।

उच्च प्रविधि र गुणस्तरयुक्त विरुवा उत्पादन भएकोले सबैतिरबाट माग समेत आईरहेको उहाँले जानकारी दिनुभयो । नर्सरीमा आगामी वर्षको लागि समेत नयाँ विरुवा उत्पादनको तयारीमा रहेका छन् । मसला काठ, जडिबुटी, फूल, बाँस लगायतका नयाँ विरुवा उत्पादन भईरहेका छन् । 

449062601_914297873834565_5768171102360261062_n-1720590733.jpgआगामी वर्ष हाईटेकको क्षमता अनुसारकै विरुवा उत्पादन गर्ने योजना रहेको सञ्चालिका पुनले जनाउनुभयो । नर्सरी अझै पनि पूर्ण रुपमा निर्माण भईसकेको छैन । नियमित विद्युत, एसी प्रविधि जडान लगायतका कार्यहरु हाईटेकमा पुरा हुन नसकेको उहाँले बताउनुभयो ।

कृषि पेशाले नागरिकलाई आत्मनिर्भर बनाउने र जलवायुको असरलाई पनि कम गर्ने भएकोले फर्म स्थापना गरेर विरुवा उत्पादन र वितरणको कार्यलाई प्राथमिकता दिएको उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्