कर्णालीको झोलुङ्गे पुलमा अड्किएका दुई खच्चडको मृत्यु, ११ वटाको जीवितै उद्धार

आइतबार, जेठ २७, २०८१

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बिच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । 

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए। 

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । पुलको एकतर्फको लठ्ठा चुँडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्