गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकलामा रुक्मिणीका जेनिशा प्रथम

बुधबार, जेठ १६, २०८१

रुकुम पूर्वमा १७ औँ गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

गणतन्त्र दिवस जिल्ला समारोह समितिको आयोजनामा वक्तृत्वकला भएको हो । प्रतियोगितामा सहभागी रुक्मिणी माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेनिशा बि.क. प्रथम र रुक्मिणी मावि कै शक्ति बि.क. ले द्धितिय स्थान हाँसिल गरेका छन् ।

यस्तै कोट मावि रुमालबाराका दिपशिखा नेपाली तृतिय र त्रिभुवन जनता मावि छिप्रिदहका अटल गौतमले सान्त्वना स्थान हाँसिल गरेका छन् । विजेताहुने हुने प्रतियोगिहरुले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगद पुरस्कार प्राप्त गरेका छन् । 

 “गणतन्त्र सबलीकरणमा हाम्रो भूमिका” विषयक उक्त वत्तृत्वकला प्रतियोगितामा जिल्लाका ५ वटा विद्यालयका ९ जना छात्रछात्राहरुले भाग लिएका थिए ।
दिवसका अवसरमा प्रभात फेरि कार्यक्रम समेत गरिएको थियो । 

4e1a980c-d5e0-4273-b82b-c66895162bd8-1716947531.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्