गणतन्त्र दिवसको अवसरमा चौरजहारीमा रक्तदान

मंगलबार, जेठ १५, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा रक्तदान कार्यक्रम गरिएको छ ।
१७ औं गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारीद्वारा संचालित ब्लड बैंकमा मंगलबार रक्तदान गरिएको हो ।
चौरजहारी नगरपालिकाद्वारा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गर्नु भएको रेडक्रस चौरजहारीका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार संकलित रगत चौरजहारी अस्पतालमा उपचाररत बिरामीहरुको लागि प्रयोग गरिनेछ ।
यसैगरी चौरजहारी नगरपालिकाले प्रभात फेरिसहित औपचारिक कार्यक्रम गरेर गणतन्त्र दिवस मनाएको छ । नगरपालिकाले दिवसकै अवसरमा सोमबार सरसफाइ कार्यक्रम गरेको थियो भने दिप प्रज्वलन समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्