यार्सागुम्बा टिप्न डोल्पा गएकी गोतामकोटकी एक युवतीको मृत्यु

सोमबार, जेठ १४, २०८१

रुकुम पश्चिम । यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुम पश्चिमको एक युवतीको मृत्यु भएको । 

आठविसकोट नगरपालिका -४ गोतामकोेट बिष्ट गाउँ निवासी २२ वर्षिया जमुना बिष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं बिष्टले जानकारी दिनुभयो । 

वडा अध्यक्ष बिष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वती बिष्टसहित घर फर्कदै गरेको बेला बाटोमै उहाँको मृत्यु भएको हो । 

वडा अध्यक्ष बिष्टले जमुनाको शव जिल्ला अस्पताल दुनैमा ल्याउने क्रममा रहेको जानकारी दिनुभयो । अस्पतालमा पोष्टमार्टम पश्चात जमुनाको शव गोतामकोट ल्याईने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

जमुनाको घरमा अहिले आमा एक्लै हुनुहुन्छ । बुवा र दाई रोजगारीको सिलसिलामा भारत जानुभएको छ भने जेठी दिदिको विवाह भईसकेको छ । कान्छी बहिनी र अन्य नातेदारहरुको साथमा यार्सागुम्बा टिप्न डोल्पा गएकी उहाँले प्रमाणपत्र तहको अध्ययन पुरा गर्नुभएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्