नेभिगेशन
समसामयीक

पोलियो रोग र आई.पि.भी. खोप अभियानको औचित्य

  • कालिबहादुर ओली

पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्छ तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ भने कसैको मृत्यु समेत हुनसक्छ । पोलियोबाट पक्षघात भईसकेपछि निको हुदैन । किनभने यसको कुनै निश्चित उपचार नै छैन । यो रोग विरुद्धको खोप लगाउनु नै यो रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो । पोलियो रोग विरुद्ध दुई प्रकारका खोपहरू लगाउनु पर्दछ ।

पोलियो उन्मूलनको अवस्था

हाल विश्वमा अफगानीस्तान र पाकिस्तानमा मात्र पोलियोका विरामीहरू देखा परीरहेका छन् । विभिन्न देशका मानिसहरू अफगानीस्तान र पाकिस्तानमा आवत–जावत गर्न सक्छन् भने ती देशका मानिसहरू पनि संसारका विभिन्न देशमा आवत–जावत गर्न सक्छन् । त्यसैले ती दुबै देशहरूमा पोलियो संक्रमण नरोकिएसम्म विश्वका अन्य देशहरू पनि जोखिममा हुन्छन् । बिशेषगरी पोलियो खोपको कभरेज उच्च नभएको देश, स्थानका बालबालिकाहरू धेरै जोखिममा हुन्छन् ।  दक्षिणपूर्वी एशिया क्षेत्रका सबै देशहरूमा पोलियोका विरामी शून्य अवस्थामा रहेको घोषणा २०७० चैत्र १३ मा गरियो । पोलियोमुक्त भएको प्रमाण पत्र नेपालले समेत प्राप्त गर्यो ।

नियमित तथा अभियानको पोलियो खोपको उच्च कभरेज हाँसिल गर्दै आएको हुनाले यो सफलता प्राप्त गर्न सक्षम भएका हौं । विश्वका सबै देशहरूमा पोलियो संक्रमण नरोकिएसम्म यो रोगको संक्रमण हुने बढी जोखिममा रहेका ब्यक्तिहरुलाई पोलियो खोप लगाएर ती ब्यक्तिहरुलाई सुरक्षित गराउनु पर्दछ ।

पोलियो रोग विरुद्ध प्रयोग गरिने ओ.पि.भी. खोप

ओ.पि.भी. खोपमा निष्कृय पारिएको जीवित पोलियो भाइरस हुन्छ । ओ.पि.भी. खोप मुखबाट खुवाइने भएकोले प्रयोग गर्न सजिलो छ । पोलियो संक्रमणबाट सुरक्षित गराउन यो खोप अत्यन्तै प्रभावकारी छ । यो खोप लिएको व्यक्तिले दिसाको माध्यमबाट खोपमा भएको पोलियो भाइरस वातावरणमा फैलाएर पोलियो रोगको संक्रमण फैलिने जोखिमलाई घटाउँछ । पोलियो उन्मूलनको विश्वब्यापी प्रयासको शुरुवात देखि हालसम्म यो खोप अरबौं मात्रा प्रयोग गरिएको छ जसको परिणाम स्वरुप १ करोड मानिसहरूलाई पक्षघात हुनबाट बचाउन सकिएको अनुमान छ ।

आई.पि.भी. खोप

आई.पि.भी. खोपमा मृत पोलियो भाईरस भाइरस हुन्छ । यो खोप सूईद्वारा दिनुपर्छ । यो खोपले पोलियोमाईलाईटिस हुनबाट सुरक्षा प्रदान गर्दछ । यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त भनी प्रमाणित भएको खोप हो र नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागबाट स्वीकृत भएको छ । यो खोप २०७१ साल देखि नियमित खोप सेवाबाट प्रदान गरिएको खोप हो ।

ओ.पि.भी. खोप र आई.पि.भी. खोपको प्रयोग

यी खोपले एक अर्को खोपले प्रदान गर्ने प्रतिरोध क्षमतालाई सुदृढ गर्न परीपूरकको रुपमा काम गर्दछन् । पोलियोबाट सुरक्षित गर्न यी दुबै खोपहरू लगाउनु पर्छ । त्यसैले ओ.पि.भि.को सट्टामा आई.पि.भी. खोप प्रयोग गरिएको होइन । विश्वबाट पोलियो रोग उन्मूलन भएको घोषणा नभएसम्म पोलियो संक्रमण फैलिन नदिने मुख्य खोप ओ.पि.भी. नै हो । विश्वबाट पोलियो उन्मूलन भएको घोषणा भएको केही वर्षपछिसम्म आई.पि.भी. खोप लगाउनु पर्दछ ।

ओ.पि.भी. र आई.पि.भी. खोप दिने तालिका

पोलियो खोप

खोप दिने उमेर

ओ.पि.भी. खोप

आई.पि.भी. खोप

पहिलो मात्रा

 

६ हप्ताको उमेर

दोस्रो मात्रा

 

१० हप्ताको उमेर

तेस्रो मात्रा

पहिलो मात्रा

१४ हप्ताको उमेर

 

दोस्रो मात्रा

९ महिनाको उमेर

 

 

 

 

 

 

 

 

 

आई.पि.भी. खोप अभियानको औचित्य

नेपालमा आई.पि.भी. खोप सेवा २०७१ आश्विन महिना देखि शुरु गरिएको नेपालमा थियो । तर २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आई.पि.भी. खोपको अभाव भएको थियो । उक्त अवधिमा आई.पि.भी. खोप लगाउन छुटेका बालबालिकाहरूमा पोलियो लाग्ने जोखिम रहने हुँदा ती बालबालिकालाई आई.पि.भी. खोप दिन जरुरी भएको हो ।

अभियान सञ्चालन मिति र अवधि

२०८१ जेष्ठ १३ गते देखि २६ गतेसम्म गर्ने गरी अभियान सञ्चालनको मिति निर्धारण गरिएको छ ।  अभियान देशभरी एकैपटक सञ्चालन गरिन्छ । खोप सेसन सञ्चालन गर्ने समय विद्यालयसँग समन्वय गरी निर्धारण गर्नु पर्नेछ ।

रुकुम पश्चिममा खोप लगाउनु पर्ने वालवालिका र जनशक्ति विवरण :

 

स्थानीय तहको नाम

खोप केन्द्र संख्या

तोकिएका उमेर समुहको वालवालिका संख्या

 

 

 

विद्यालयका वालवालिका

विद्यालय बाहिरका वालवालिका

जम्मा संख्या

आबश्यक IPV  खोप

खोप कार्यकर्ता

स्वयम सेवक

बाफीकोट

43

१३१८

०

१३१८

277

43

61

मुसिकोट

67

२३३७

०

२३३७

491

53

79

चौरजहारी

52

१९६०

०

१९६०

412

52

68

सानीभेरी

47

१४३९

०

१४३९

302

47

65

त्रिबेणी

37

१०७१

०

१०७१

225

37

52

आठबिसकोट

47

२०४४

०

२०४४

429

47

73

जम्मा

293

10169

0

10169

2135

278

398

- (ओली, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्