पोलियो रोग र आई.पि.भी. खोप अभियानको औचित्य

सोमबार, जेठ १४, २०८१
  • कालिबहादुर ओली

पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्छ तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ भने कसैको मृत्यु समेत हुनसक्छ पोलियोबाट पक्षघात भईसकेपछि निको हुदैन । किनभने यसको कुनै निश्चित उपचार नै छैन । यो रोग विरुद्धको खोप लगाउनु नै यो रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो । पोलियो रोग विरुद्ध दुई प्रकारका खोपहरू लगाउनु पर्दछ ।

पोलियो उन्मूलनको अवस्था

हाल विश्वमा अफगानीस्तान र पाकिस्तानमा मात्र पोलियोका विरामीहरू देखा परीरहेका छन् । विभिन्न देशका मानिसहरू अफगानीस्तान र पाकिस्तानमा आवतजावत गर्न सक्छन् भने ती देशका मानिसहरू पनि संसारका विभिन्न देशमा आवतजावत गर्न सक्छन् । त्यसैले ती दुबै देशहरूमा पोलियो संक्रमण नरोकिएसम्म विश्वका अन्य देशहरू पनि जोखिममा हुन्छन् । बिशेषगरी पोलियो खोपको कभरेज उच्च नभएको देश, स्थानका बालबालिकाहरू धेरै जोखिममा हुन्छन् ।  दक्षिणपूर्वी एशिया क्षेत्रका सबै देशहरूमा पोलियोका विरामी शून्य अवस्थामा रहेको घोषणा २०७० चैत्र १३ मा गरियो । पोलियोमुक्त भएको प्रमाण पत्र नेपालले समेत प्राप्त गर्यो

नियमित तथा अभियानको पोलियो खोपको उच्च कभरेज हाँसिल गर्दै आएको हुनाले यो सफलता प्राप्त गर्न सक्षम भएका हौं । विश्वका सबै देशहरूमा पोलियो संक्रमण नरोकिएसम्म यो रोगको संक्रमण हुने बढी जोखिममा रहेका ब्यक्तिहरुलाई पोलियो खोप लगाएर ती ब्यक्तिहरुलाई सुरक्षित गराउनु पर्दछ

पोलियो रोग विरुद्ध प्रयोग गरिने ओ.पि.भी. खोप

ओ.पि.भी. खोपमा निष्कृय पारिएको जीवित पोलियो भाइरस हुन्छ । ओ.पि.भी. खोप मुखबाट खुवाइने भएकोले प्रयोग गर्न सजिलो छ पोलियो संक्रमणबाट सुरक्षित गराउन यो खोप अत्यन्तै प्रभावकारी । यो खोप लिएको व्यक्तिले दिसाको माध्यमबाट खोपमा भएको पोलियो भाइरस वातावरणमा फैलाएर पोलियो रोगको संक्रमण फैलिने जोखिमलाई घटाउँछ । पोलियो उन्मूलनको विश्वब्यापी प्रयासको शुरुवात देखि हालसम्म यो खोप अरबौं मात्रा प्रयोग गरिएको छ जसको परिणाम स्वरुप १ करोड मानिसहरूलाई पक्षघात हुनबाट बचाउन सकिएको अनुमान छ ।

आई.पि.भी. खोप

आई.पि.भी. खोपमा मृत पोलियो भाईरस भाइरस हुन्छ यो खोप सूईद्वारा दिनुपर्छ । यो खोपले पोलियोमाईलाईटिस हुनबाट सुरक्षा प्रदान गर्दछ । यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त भनी प्रमाणित भएको खोप हो र नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागबाट स्वीकृत भएको छ । यो खोप २०७१ साल देखि नियमित खोप सेवाबाट प्रदान गरिएको खोप हो

ओ.पि.भी. खोप र आई.पि.भी. खोपको प्रयोग

यी खोपले एक अर्को खोपले प्रदान गर्ने प्रतिरोध क्षमतालाई सुदृढ गर्न परीपूरकको रुपमा काम गर्दछन् पोलियोबाट सुरक्षित गर्न यी दुबै खोपहरू लगाउनु पर्छ । त्यसैले ओ.पि.भि.को सट्टामा आई.पि.भी. खोप प्रयोग गरिएको होइन । विश्वबाट पोलियो रोग उन्मूलन भएको घोषणा नभएसम्म पोलियो संक्रमण फैलिन नदिने मुख्य खोप ओ.पि.भी. नै हो । विश्वबाट पोलियो उन्मूलन भएको घोषणा भएको केही वर्षपछिसम्म आई.पि.भी. खोप लगाउनु पर्दछ

ओ.पि.भी. र आई.पि.भी. खोप दिने तालिका

पोलियो खोप

खोप दिने उमेर

ओ.पि.भी. खोप

आई.पि.भी. खोप

पहिलो मात्रा

 

६ हप्ताको उमेर

दोस्रो मात्रा

 

१० हप्ताको उमेर

तेस्रो मात्रा

पहिलो मात्रा

१४ हप्ताको उमेर

 

दोस्रो मात्रा

९ महिनाको उमेर

 

 

 

 

 

 

 

 

 

आई.पि.भी. खोप अभियानको औचित्य

नेपालमा आई.पि.भी. खोप सेवा २०७१ आश्विन महिना देखि शुरु गरिएको नेपालमा थियो । तर २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आई.पि.भी. खोपको अभाव भएको थियो । उक्त अवधिमा आई.पि.भी. खोप लगाउन छुटेका बालबालिकाहरूमा पोलियो लाग्ने जोखिम रहने हुँदा ती बालबालिकालाई आई.पि.भी. खोप दिन जरुरी भएको हो

अभियान सञ्चालन मिति र अवधि

२०८१ जेष्ठ १३ गते देखि २६ गतेसम्म गर्ने गरी अभियान सञ्चालनको मिति निर्धारण गरिएको छ ।  अभियान देशभरी एकैपटक सञ्चालन गरिन्छ खोप सेसन सञ्चालन गर्ने समय विद्यालयसँग समन्वय गरी निर्धारण गर्नु पर्नेछ ।

रुकुम पश्चिममा खोप लगाउनु पर्ने वालवालिका र जनशक्ति विवरण :

 

स्थानीय तहको नाम

खोप केन्द्र संख्या

तोकिएका उमेर समुहको वालवालिका संख्या

 

 

 

विद्यालयका वालवालिका

विद्यालय बाहिरका वालवालिका

जम्मा संख्या

आबश्यक IPV  खोप

खोप कार्यकर्ता

स्वयम सेवक

बाफीकोट

43

१३१८

१३१८

277

43

61

मुसिकोट

67

२३३७

२३३७

491

53

79

चौरजहारी

52

१९६०

१९६०

412

52

68

सानीभेरी

47

१४३९

१४३९

302

47

65

त्रिबेणी

37

१०७१

१०७१

225

37

52

आठबिसकोट

47

२०४४

२०४४

429

47

73

जम्मा

293

10169

0

10169

2135

278

398

- (ओली, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी हुनुहुन्छ ।)

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्