आठविसकोटको सालागारमा मोटरेबल पुल निर्माण

बिहीबार, वैशाख १३, २०८१

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१० स्थित सालागारमा मोटरेबल पुल निर्माण भएको छ । 

चिसापानी– राडि–नदुवा–मुसीकोट सडकखण्ड अन्तर्गतको सालागारखोलामा हालै पुल निर्माण भएको हो । पूर्वाधार विकास कार्यालय चौरजहारीले निर्माण व्यवसायी पिएम प्रदेश अध्याय जे.भि. मार्फत उक्त पुल निर्माण गरेको हो । 

कार्यालयका प्रमुख ई. रुपबहादुर रावलका अनुसार १४.५५ मिटर लामो पुल तोकिएको समयावधिमै निर्माण भएको छ । पुल निर्माणका लागि जेभिसँग २०७९ असोज ११ गते सम्झौता भएको थियो । दुई करोड ५० लाख ४९ हजार ९०७ रुपियाँ ३१ पैसामा सालागार पुल निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो । 

पुल निर्माण पश्चात बर्षातको समयमा सास्ती खेप्नुपर्ने बाध्यता हटेको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले बताउनुभयो । सालगार खोलामा पुल नहुँदा बर्षेनी आवातजावतमा समस्या हुने गरेको थियो ।

बर्षाको समयमा सडकखण्ड बन्द हुने, मोटरसाईकल बोकेर खोला तार्नुपर्ने समस्या रहेको थियो । नगर प्रमुख केसीले पुल निर्माणसँगै उक्त सडकखण्डमा अब सहज यात्रा हुने बताउनुभयो । 

photo-1-syalagar-pul-1714034252.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्