सल्यान बस दुर्घटनामा २२ जना घाईते, चार जनाको अवस्था गम्भिर (घाईतेहरुको विवरणसहित)

बुधबार, वैशाख ५, २०८१

दाङको घोराहीबाट रुकुम पुर्वतर्फ जाँदै गरेको यात्रुवहाक बस दुर्घटनामा परेर चालकसहित २२ जना घाईते भएका छन् । 

बुधबार बिहान पौने ११ बजे राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका २ मा रहेको पुल नजिक बस दुर्घटना भएको हो । घाईते मध्य चार जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक निमबहादुर विष्टका अनुसार तुल्सिपुर यातायात प्रा.लि.को रा १ ख २०८५ नम्बरको यात्रुवहाक बस अनियन्त्रित भई सडक देखि करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । 

बस दुर्घटना हुँदा चालकसहित २२ जना घाईते भएका छन् । घाईते हुनेहरुमा दाङ जिल्लाको तुल्सिपुर उप महानगरपालिका ४ बस्ने गाडी साहु ४६ वर्षिय का बिष्णु बि.क., सोहि उप महानगरपालिका १० बिजौरी निवासी २९ बर्षिय कृष्ण चौधरी, दाङको नारायणपुर नगरपालिका १० बस्ने २६ बर्षिया दिल कुमारी गौतम  र रुकुम पश्चिमको  पश्चिम  त्रिबेणी गाउँपालिका २ निवासी २२ बर्षिया चित्रा पुन रहेको प्रहरीले जनाएको छ । उहाँहरु चारै जनाको कम्मरमा चोट लागेको र अवस्था सिरियस रहेकोले थप उपचारको लागि नेपालगञ्ज पठाईएको छ ।

अन्य घाईते हुनेहरुमा दाङको नारायणपुर नगरपालिका ४ रक्षाचौर बस्ने २६ बर्षिया खिमा बिक, तुल्सिपुर उपमहानरगपालिका ६ बस्ने ३४ बर्षिय बस चालक पुर्ण शम्सेर जबरा, सोहि उपमहानगरपालिका ७ परसेनि निवासी ४९ वर्षिया ठगि बुढा, ४७ बर्षिया कुम्भ कुमारी बुढा, रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ निवासी १६ बर्षिया पुष्पा चन्द, त्रिबेणी गाउँपालिका २ बस्ने ६ बर्षिया रेशम मगर, चौरजहारी नगरपालिका ९ निवासी १७ वर्षिय उमेश मल्ल, सल्यानको शारदा नगरपालिका ५ निवासी १९  बर्षिया सपना भण्डारी, बागचौर नगरपालिका १ निवासी ५० वर्षिया भुमा बस्नेत, शारदा नगरपालिका १५ निवासी २३ वर्षिया योगमाया बस्नेत हुनुहुन्छ । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । 

त्यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ निवासी ११ बर्षिया अरुणा गौतम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ निवासी १४ वर्षिय निश्चल हमाल, सल्यानको बागचौर नगरपालिका २ निवासी २ वर्षिया ललिता बस्नेत, सोहि स्थानका २५ बर्षिय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौर निवासी ३१ बर्षिय बिरेन्द्र चन्द, सिद्ध कुमाख गाउापालिका १ निवासी १७ बर्षिय बिरबहादुर बस्नेत, त्रिबेणी गाउँपालिका ६ बस्ने ३३ बर्षिय बसन्त जंग क्षेत्री  र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका ५ निवासी २५ वर्षिय रञ्जित बि.क. घाईते हुनुभएको छ । उहाँहरुको अवस्था सामान्य रहेको छ । 

उहाँहरुलाई उपचारको लागि स्थानिय जनप्रिय मेडिकल थारमारेमा पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्