रुकुम पश्चिमका एक युवा २३ किलो चरेस जस्तो पदार्थसहित बर्दियाबाट पक्राउ

मंगलबार, वैशाख ४, २०८१

बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज मंगलबार बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्ति रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ का ३४ वर्षीय बमबहादुर पुन रहेको बताईएको छ । चेकिङका क्रममा पुनसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।

उक्त समानसहित नेपालबाट भारततर्फ जान लाग्दा पुनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्