भेरी नदिमा बेपत्ता बुढाको शव भेटियो

सोमबार, वैशाख ३, २०८१

भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका -३ सिमा निवासी २४ बर्षिय कमल बुढाको शव फेला परेको छ । 

गत चैत २९ गते दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ टाँटागाउँ स्थित भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका बुढाको शव आइतवार फेला परेको हो । 

बुढाको शव बेपत्ता भएको ठाउँबाट ५० मिटर तल भेरी नगरपालिका १२ बारेला भन्ने स्थानको भेरी नदीको बिच भागमा फेला परेको प्रहरीले जनाएको छ । 

उनी चौरजहारी नगरपालिका ३ टाटागाउँमा निर्माणधिन अस्पतालको काम गर्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्