तिनबहिनिले आयोजना गरेको भलिबल कुचिबाङ्गको हातमा

आइतबार, वैशाख २, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ घोरखानीमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी रुकुम पुर्वको भुमे गाउँपालिका -८ कुचिबाङ्गले हात पारेको छ । 

नयाँ बर्ष २०८१ साललाई लक्षित गरेर तिनबहिनी युवा क्लब मुसिकोट नगरपालिका -८ ले आफ्नो प्रथम वार्षिक उत्सबको अवसर प्रतियोगिता आयोजना गरेको थियो ।

२०८० चैत्र २४ गते देखि मुसिकोट नगरपालीकाका नगर प्रमुख महेन्द्र केसिको प्रमुख आतिथ्यमा सुरु भएको वार्षिक उत्सव २०८१ बैशाख १ गते सम्पन्न भएको हो ।  २० समुहले प्रतिस्पर्धा गरेको साबिक वडा स्तरिय पुरुष भलिबलमा भुमे ८ कुचिबाङ्ले प्रथम भएको छ भने आयोजक 'ए'  टिम दोस्रो र मुसिकोट नगरपालिका -१० चुन तेस्रो भएको छ ।

त्यस्तै वडा स्तरिय महिला भलिबलमा भुमे गाउँपालिका २ काँक्रीले प्रथम स्थान हासिल गर्दा आयोजक ए दोस्रो तथा आयोजक बि ले तेस्रो स्थान हात पार्न सफल भएको तीन बहिनी युवा क्लबका अध्यक्ष संघर्स पुनले जानकारी दिनुभएको छ ।

साबिक वडा स्तरीय पुरुष भलिबलको प्रथम स्थान गर्ने समुहले नगद ३५ हजार को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

Messenger_creation_39087709-cb6a-43fc-8a43-0bad64f4e5d8-1713062416.jpeg
वडा स्तरीय महिला भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहले क्रमशः  २० हजार १२ हजार र  आठ हजार  नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 

कार्यक्रममा मुसिकोट नगरपालिका ८ को मयुर नाच , एकल नृत्य, आमा समुहले नृत्य प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगिताको पुरस्कार मुसिकोट नगरपालिका ८ का वडाध्यक्ष जय बहादुर  थापा मगरले वितरण गर्नुभएको थियो । - बिरस थापा क्षेत्री 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्