नेकपा एमाले रुकुम पश्चिमको नेतृत्वमा पुरानैको निरन्तरता

सोमबार, चैत १९, २०८०

नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा सर्वसम्मत चयन हुनभएको छ ।

सोमबार सम्पन्न नेकपा एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । 

अधिवेशनबाट उपाध्यक्षमा मनबिर घर्ती र सचिवमा शसिराम नेपाली चयन हुनुभएको छ । अध्यक्ष देवकोटा, उपाध्यक्ष घर्ती र सचिव देवकोटा यस अघि पनि सोहि पदमा हुनुहुन्थ्यो । अधिवेशनले उहाँहरुलाई सोहि पदमा निरन्तरता दिएको छ । 

अधिवेशनबाट उप-सचिवमा तिलक बस्नेत र ब्युझना पुन देवकोटा चयन हुनुभएको छ । 

एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशन १६ गते उद्घाटन भई १७ गतेदेखि बन्द सत्र सुरु भएको थियो । सहमतीबाट नै नेतृत्व चयनका लागि भएको छलफल लम्बिएपछि सोमबार पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएको हो । 

यसैगरी अधिनेवशनले लेखा आयोगमो सचिवमा कृष्णभक्त ओलीलाई चयन गरेको छ । २७ वर्षिय ओली सम्भवत एमालेको लेखा आयोगमा सबैभन्दा कान्छो उमेरको हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्