हुम्लाको अदानचुलीमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

शनिबार, चैत १०, २०८०

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका -४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिनुभयो । 

मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लाेहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्। उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌।

अदानचुलीकाे श्रीनगरबाट वडा नम्बर-५, काे बारीगाउँ जाँदै गरेकाे सु००१ ज ११८३ नम्बरको बाेलेराे जीप चार बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेकाे छ। 

घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएकाे छ । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्