बागलुङ बस दुर्घटनामा मृत्यु हुने ९ जनाको सनाखत, घाइतेहरुको विवरण

मंगलबार, चैत ६, २०८०

बाग्लुङमा सोमबार साँझ भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रबक्ता डिएसपी मदन केसीका अनुसार बस दुर्घटनामा चार महिला र पाँच पुरुषको मृत्यु भएको हो। 

तीमध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको उपचारका क्रममा निधन भएको हो। 

मृत्यु हुनेमा रूकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर का ५ विक्रम परियार रहेका छन्। उनी नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रूकुमपूर्वको सहसचिव, प्रेस सेन्टर नेपाल रूकुम पूर्वका उपाध्यक्ष थिए। उनी अन्नपूर्ण पोटमा कार्यरत थिए । 

रात्रिबस दुर्घटनाका घाइतेमध्ये रुकुम त्रिवेणी ५ का  १८ वर्षीय लक्की पुन मगरको पनि उपचारको क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको डिएसी केसीले बताए।  

रूकुमपश्चिमको सानीभेरी गाउँपालिका ४ की  २७ वर्षीया विनीता केसी, मुसिकोट नगरपालिका वडा नम्बर २ का सवारी धनी बबि नेपालीको सनाखत भएको छ। 

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङका  ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका –३ की कल्पना केसी, रोल्पाका बस चालक सुवास गौतम (मानसिंह बिक), गोर्खा जिल्लाकी गीता थापा र ललितपुर जिल्लाका सुजन महर्जनको पनि सनाखत भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार सवा पाँच बजेतिर बागलुङ निसीखोला गाँउपालिका वडा नम्बर ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रूकुमबाट काठमाडौंतर्फ जाँदै गरेको  बागमती प्रदेश ०१– ००६ ख ३८७९  नम्बरका यात्रुवाहक बस दुर्घटना भएको थियो। बस सडकदेखि झन्डै १५० मिटर तल खसेको जिल्ला प्रहरी प्रबक्ता केसीले बताए ।

दुर्घटनाको कारण खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

हालसम्म बसमा नाबालिकासहित ३५ जना सवार रहेको र तीमध्ये २१ जना घाइतेको धवलागिरि अस्पताल बागलुङमा उपचार जारी रहेको डिएसपी केसीले बताए। पाँच जना गम्भीर घाइतेलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको पनि उनले बताए।

रूकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दसरथ नेपाली, सोही जिल्लाको आठबिसकोट नगरपालिका– १  का २६  वर्षीय  पुष्कर बुढा, मुसिकोट– १ का  ३० वर्षीय छकेन्द्र जंग सेन, गुल्मी जिल्लाको मदाने गाँउपाकिा– १ का  २४ वर्षीय गोबिन्द बोहरा दुर्घटनामा घाइते छन्। बोहरा बसका सहचालक हुन्।

त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ७ का  ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाँउपालिका– १का  ५० वर्षीय  बलबहादुर पुन, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– ८ का  २६ वर्षीय लक्ष्मण बोगटी, रुकुम पश्चिमका  २२ वर्षीय टिकाराम बिक पनि दुर्घटनामा घाइते छन्।

रूकुमपश्चिमकी २२ वर्षीया सबिना पुन मगर, सोही जिल्लाकै ३८ वर्षीय हेमराज केसी, मुसिकोट नगरपालिका– ३ का   २४ वर्षीय गणेश खड्का, काठमाडौं टोखा नगरपालिका– ०३ की २३ वर्षीया सृष्टि गैरे, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ३ का २८ वर्षीय आविस्कार धराला, रुकुम पश्चिम मुसिकोट नगरपालिका– ३ की  २७ वर्षीया सरिता खड्का पनि दुर्घटनामा घाइते छन्।

सोही ठाउँकी ३  महिनाकी शिशु ज्ञानु ढकाल, ललितपुर महानगरपालिका– १४ की २४ वर्षीया अनुज्ञा भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका– ४ की  ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकै ४४ वर्षीया कमला केसी,  २० वर्षीया लक्ष्मी पुन मगर, मुसिकोट– ३ का ५५ वर्षीय  लिला केसी, सोही ठाउँका ३० वर्षीय सशिराम खड्का दुर्घटनामा घाइते छन्। 

रुकुम पश्चिम १८ वर्षीया सपना वली, मुसिकोट– ३ का ६० वर्षीय  हर्कबहादुर केसी, सोही जिल्लाको सानोभेरी गाँउपालिका– १ का २६ वर्षीय दिनेश खड्का, मुसिकोट– ७ की २१ वर्षीया सोभा थापा र सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका–२ का  २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्