प्रभु बैंकमा हिनामिना भएको करोडौ रकम व्याजसहित फिर्ता गर्न एमाले रुकुमको माग

सोमबार, माघ २९, २०८०

रुकुम पश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकमा भएको रकम अपचलनको घटनाको छानबिनको माग गरिएको छ । 

नेकपा एमाले रुकुम पश्चिमले सोमबार एक विज्ञप्ति जारी गरेर बैंककै कर्मचारीबाट ग्राहकको पैसा अपचलन भएको विषय गम्भिर भएकोले सत्यतथ्य छानबिनको माग गरेको हो । जिल्ला अध्यक्ष नन्दराम देवकोटाले सेवाग्राहीको रकम अपचलन भएको बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउनुभयो । 

बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज बिक्रम शाहले सेवाग्राहीको एक करोड ३५ लाख भन्दा बढी रकम अपचलन गरेको बिषयले अम नागरिकमा आक्रोश र बित्तिय संस्थाप्रति अविश्वास पैदा गरेको अध्यक्ष देवकोटाले जनाउनुभयो । 

उक्त घटनाको यथार्थ छानबिन गरी बचतकर्ताको अपचलन भएको रकम ब्याजसहित उनीहरुकै खातामा फिर्ता गर्न र आम जनतालाई बैंकिङ क्षेत्रको विश्वासको वातावरण बनाउन विज्ञप्ति मार्फत माग गरिएको छ । 

विज्ञप्तिमा सामान्य किसानले जम्मा गरेको बचतको अपचलन गर्ने, महंगो ज्याजदरमा ऋण प्रवाह गरी उनीहरुलाई उक्सिन नदिने व्यवहार सर्वत्र देखिन थालेको भन्दै सरोकारवालाको ध्यानकर्षण गराईएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकबाटै बचतकर्ताहरु असुरक्षित हुँदा बित्तिय सुरक्षा माथि गम्भिर प्रश्न खडा भएको एमाले रुकुम पश्चिमले जनाएको छ । 

426453160_3782399571983579_8226029111619310818_n1707708547.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्