दुई लाख ५० हजार नगदसहित सानिभेरीले जित्यो चौतारा मेलाको भलिबल प्रतियोगिता

बुधबार, मंसिर १३, २०८०
  • सत्य बटाला

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सानोभेरी  गाउँपालिका प्रथम स्थान हाँसिल गरेको छ ।

चौतारा मेला आयोजक समितिका अध्यक्ष मिलन परियार (बुची) का अनुसार १८ टिम बिचको प्रतिश्पर्धाबाट सानोभेरी गाउँपालिका प्रथम भएको हो । खेलमा प्रथम स्थान हात पार्न सफल सानिभेरी टिमले टिमले नगद २ लाख ५०  हजार रुपियाँका साथै ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ। 

बुधबार भएको फाइनलमा खेलमा आठविसकोट नगरपालिकालाइ  ३-१ को सेटमा हराउँदै टिम सानोभेरी प्रथम भएको हो । प्रतियोगितामा आठविसकोट नगरपालिकाको दोस्रो भएको छ । आठविसकोट नगरपालिका वडा नम्बर ११ र  बाँफिकोट गाउँपालिकाले भने  सान्त्वना स्थान हात पारेको खेलकुद संयोजक दिलिप बटालाले जनकारी दिनुभयो ।

प्रतियोतिामा दोस्रो हुने टिमले १ लाख ६० हजार नगद मेडल र कप हात पारेको छ भने सान्त्वना हुने दुई टिमले समान १ लाख ५ हजार/१ लाख ५ हजार नगदका साथै मेडल प्राप्त गरेका छन् । उक्त मेलामा आएका सम्पुर्ण झाँकिहरुलाइ पनि सहभागी पुरुस्कारको व्यवस्था गरिएको बताईएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्