चौतारा मेलामा आयोजित महिला भलिबलमा आठविसकोट प्रथम

बुधबार, मंसिर १३, २०८०
  • सत्य बटाला

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला महिला भलिबल प्रतियोगितामा आठविसकोट नगरपालिका  प्रथम स्थान हाँसिल गरेको छ ।

चौतारा मेला आयोजक समितिका अध्यक्ष मिलन परियार (बुची) का अनुसार ६ टिम बिचको प्रतिश्पर्धाबाट आठविसकोट नगरपालिका  प्रथम भएको हो ।
प्रतियोगितामा भएको फार्इनलमा बाँफिकोट गाउँपालिकालाइ हराउँदै टिम आठविसकोट प्रथम भएको हो ।

बाँफिकोट गाउँपालिकाको टिम दोस्रो भएको छ भने गलकोट नगरपालिका र सानिभेरी गाउँपालिका सान्त्वना स्थान हात पारेको खेलकुद संयोजक दिलिप बटालाले जनकारी दिनुभयो ।

मंसिर ६ गते देखि आठविसकोट नगरपालिका चौतारा मेलाको प्रांगनमा  सुरु भएको खेल हिजो मंगलबार  सम्पन्न भएको हो । 

खेलमा प्रथम स्थान हात पार्न सफल टिमले टिमले नगद १ लाख ४० हजार रुपियाँका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी दोस्रो हुने टिमले ९०  हजार नगद मेडल र कपमा प्राप्त गर्नेछ भने सान्त्वना हुने दुई टिमले समान ५५ /५५  हजार नगद, मेडल पुरुस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्