चौतारा मेलामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ र नवराजको जोडि प्रथम

शनिबार, मंसिर ९, २०८०
  • सत्य बटाला

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ केसि र नवराज मल्लको जोडिले प्रथम स्थान हाँसिल गरेको छ ।

चौतारा मेला आयोजक समितिका अध्यक्ष मिलन परियार (बुची)का अनुसार १६ टिम बिचको प्रतिश्पर्धाबाट सिद्धार्थ र नवराजको जोडि प्रथम भएको हो ।

त्यसैगरी प्रतियोगितामा दाङका सनौला अहमद र हिमान्सुको टिम दोस्रो भएको छ भने दुई टिमले सान्त्वना स्थान प्राप्त गरेका छन् । ईश्वर रावल र कबेन्द्र पुनमगर र  टिम नलगाडले सान्त्वना स्थान हात पारेको अध्यक्ष परियारले जानकारी दिनुभयो ।  

शुक्रबारबाट आठविसकोट नगरपालिका सिमबजार रहेको कवर्ड हलमा सुरु भएको खेल शनिबार सम्पन्न भएको हो । 

प्रथम स्थान हात पार्न सफल टिमले टिमले नगर ७० हजार रुपियाँका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टिमले ४० हजार नगद मेडल र कपमा प्राप्त गर्नेछ भने सान्त्वना हुने दुई टिमले समान २०/२० हजार नगद, कप मेडल पुरुस्कार प्राप्त गरेका छन् ।

उक्त मेलामा पुरुष भलिबल, महिला भलिबल खेल सञ्चालन भईरहेको अध्यक्ष परियारले जनाउनुभयो । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्