आठबिसकोटमा गाडिको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, दुई घाईते

शुक्रबार, मंसिर ८, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । 

शुक्रबार साँझ आठविसकोट नगरपालिका वडा नम्वर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्वरको रात्रि बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । 

आठविसकोट नगरपालिकाका नगर प्रमुख रबि केसीका अनुसार गाडिको ठक्करबाट आठविसकोट नगरपालिका वडा नम्वर ११ निवासी अन्दाजी ३८ बर्षिय गणेश परियारको मृत्यु भएको हो । आठविसकोटबाट नेपालगञ्जका लागि छुटेको रात्रि बसको ठक्करबाट अन्य दुई जना घाईते हुनुभएको छ । 

घाईते हुनेहरुमा आठविसकोट नगरपालिका -१४ ज्यामिरकोटका १९ बर्षिया भावना चन्द र २० वर्षिय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइतेहरु दुवै जनालाई उपचारको लागि अहिले आठविसकोटको राडिस्थित नगर अस्पतालमा ल्याईएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । 

घाईते मध्य पोखरेलको अवस्था गम्भिर रहेको बताईएको छ । रोकिराखेको बस यात्रुहरु चढ्ने बेला हुत्तिएर ठक्कर दिएको बताईएको छ । प्रहरीले घटनाको विस्तृत विवरण आउँन बाँकि रहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्