तुलसीपुरबाट आउँदै गरेको बस सल्यानमा दुर्घटना, ६ जना घाइते 

शुक्रबार, मंसिर ८, २०८०

सल्यान । दाङको तुलसीपुरबाट सल्यान आउँदै गरेको बस दुर्घटना भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत सल्यान शारदा नगरपालिका ६ भट्टाचौरमा तुलसीपुरबाट सल्यानको दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनामा परेर ६ जना घाईते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाईते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ७ जिमालीका २५ वर्षीय सहचालक लाल बहादुर शाही, बागचौर नगरपालिका २ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीयाा झुपा केसी, दाङको बबइ गाउँपालिका ७ का ३८ वर्षीय कुशल डाँगी र बाँकेको राप्ती सोनारी गाउँपाकलिका ३ की ५० वर्षीया डिला खड्का रहनुभएको छ । 

घाइते मध्ये सहचालक शाहीको अवस्था गम्भीर रहेको प्रहरीको जानकारी दिएको छ ।

घाइतेहरुको अहिले श्रीनगरस्थित मेट्रो हस्पिटलमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्